संसद्मा सांसद पुरुषोत्तम यादवको गर्जन:सरकार कुम्भकर्ण निन्द्रामा, घण्टी बजाएर जगाउने बेला आयो!
barnanmedia.com · Thu Jul 02 11:12:39 GMT 2026

प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवले देशको मेरुदण्डका रूपमा रहेका युवा जनशक्ति लागुऔषध कुलतको भयानक दलदलमा फसिरहँदा पनि सरकार मूकदर्शक बनेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले देशमा लागुऔषधको जालो तीव्र रूपमा फैलिइरहेको अवस्थामा सरकार भने कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो। "देशका हजारौँ युवा कुलतको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा सुतिरहेको छ," सांसद यादवले आक्रोश पोख्दै भन्नुभयो, "अब यो अकर्मण्य सरकारलाई घण्टी बजाएरै ब्युँझाउने बेला आइसकेको छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)