नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ
makalukhabar.com · Thu Jul 02 11:33:04 GMT 2026

काठमाडौं । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)