अमेरिकाको मिनियापोलिसमा सामूहिक गोलीकाण्ड, दुई जनाको मृत्यु; तीन प्रहरीसहित कैयौँ घाइते
ratopati.com · Thu Sep 03 00:56:09 GMT 2026

मिनेसोटा । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन प्रहरी अधिकारीसहित कैयौँ व्यक्ति घाइते भएका छन् । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
घटनापछि नजिकैको अस्पतालमा सात जना घाइतेलाई लगिएको थियो । तीमध्ये तीन जनाको गोली लागेका कारण शल्यक्रिया भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)