बाढीपछि सम्पर्कविहीनका परिवार: न चुल्हो बल्छ, न आँखा ओभाउँछन्
nepalviews.com · Thu Sep 03 00:58:41 GMT 2026

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। उनी छिनछिनमा मोबाइलको स्क्रिनमा आँखा डुलाइरहन्छिन्। रसुवामा बाढी आएको एक साता बितिसक्दा पनि छोरासँग सम्पर्क हुन नसक्दा उनको घरमा चुल्हो बलेको छैन, न त कसैका आँखा नै ओभाएका छन्।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत उनका छोरा सौभाग्य बिष्ट भोटेकोशीको बाढीपछि सम्पर्कविहीन छन्। “बाबुले 'मामु म ठिकै छु' भनेर फोन गरिहाल्छ कि भनेर एकछिन पनि मोबाइल छाडेकी छैन,” सरिता भक्कानिँदै भन्छिन्, “अहिले सौभाग्यबाहेक मनमा अरू केही आउँदैन।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)