कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी
khabarhub.com · Thu Sep 03 01:07:05 GMT 2026

झापा – नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ बाट निगरानी सुरु गरेको छ। सीमा क्षेत्रको सुरक्षा, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले यो प्रविधि प्रयोगमा ल्याएको हो।
अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन गोप्रो क्यामेरा उपयोगी हुने सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)