साहित्यकार तथा गीतकार कादम्बरीको ‘इमा’ लोकार्पण
ratopati.com · Mon May 18 06:28:28 GMT 2026

काठमाडौं । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य, इजरायली राजदुत इस्मुलीक एल्विस र श्रीमती मिरा परेडयारका साथै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपाल का उपाध्यक्ष शंकर थापा ‘स्माइल’लगायतले कृति सार्वजनिक गरे ।
कार्यक्रममा लेखिका कादम्बरी दाना श्रेष्ठले इजरायलमा रोजगारीका क्रममा आफूले जीवनका अनेक अनुभव, संघर्ष, पीडा र आत्मीयता नजिकबाट महसुस गरेको बताउदै त्यही अनुभव पुस्तक उतारेको बताए । लेखिकाका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको नेपाली अर्थ ‘आमा’ हुन्छ । पुस्तकमा आमाप्रतिको माया, आत्मीय सम्बन्ध, वैदेशिक भूमिमा नेपाली कामदारले भोग्ने भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध तथा मानवीय संवेदनाका विविध आयामलाई समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)