सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ, न आँखा ओभाउँछन्
gorkhapatraonline.com · Thu Sep 03 01:12:45 GMT 2026

बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्नुहुन्छ, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)