प्राकृतिक सुन्दरताले मनमोहक मुठाचौर विकासका हिसाबले ओझेलमा
tourismface.com · Thu Jun 04 07:44:47 GMT 2026

बागलुङ । हरियाली आलु बारी । भर्खरै उम्रिदै गरेका मकै । वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यस गाउँमा अहिलेसम्म खानेपानी र विद्युत्को सुविधा पुगेको छैन । भौगोलिक विकटता र जटिल भूगोलका कारण सास्तीमा रहेका नागरिक वर्षौँदेखि विकासको आशमा छन् । परम्परागत खेतीपाती र पशुपालन गरेर जीविन चलाइरहेका स्थानीय आफ्नै सुरमा छन् ।
तीन वर्ष अगाडि गाउँपालिकाले सडक सञ्जालले जोडे पनि अरु विकास हुन सकेको छैन । सडक पनि त्यति व्यवस्थित छैन । यसका कारण बेलाबेला दुर्घटना हुने गरेको छ । मुठाचौरलाई मौलिक बस्तीका रुपमा लिने गरिन्छ । यहाँ बनेका घर, भवन र अन्य संरचना पनि परम्परागत छन् । ढुङ्गा, माटो र खरले बनेका घर यहाँ पुग्ने जो कोहीलाई आकर्षक लाग्छ । खासगरी घुम्ती बसाइँका रुपमा तमानखोला गाउँपालिका–२ भयरबोङ्गा, कटेरीलगायतका गाउँका स्थानीय यहाँ बस्ने गर्छन् । बाह्रै महिना बस्नका आधारभूत आवश्यक पूरा गर्न समस्या हुने हुँदा स्थानीय बर्खाको चार महिना मात्रै मुठाचौरमा बस्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)