रुरुक्षेत्रको काउले–बगाउने सडक आजदेखि बन्द
gorkhapatraonline.com · Thu Jun 11 02:06:59 GMT 2026

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ स्थित काउले–बगाउने सडक आज (बिहिबार)देखि बन्द हुनेभएको छ। गाउँपालिकाको वार्षिक योजनाअन्तर्गत बस्ती विकासका लागि सडक पूर्वाधार निर्माण कार्य फेज २ योजनाको कामलाई तीव्रता दिन उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार यहि गाउँपालिकाको वडा नम्बर ४ स्थित नव प्रवेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सबाट सडक निर्माणको काम हुनेभएको छ। निर्माणको काम गर्नका लागि यस खण्डमा निर्माण व्यवसायीले सडक बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नुभएको थियो। यस सडक खण्ड आगामी असार १० गतेसम्म बन्द रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)