प्रतीक्षाले स्वीकारिन् 'नेपाली ब्राे'सँगको प्रेम, 'नेपाली ब्राे'ले स्वीकारे श्रीमतीको हत्या !
shilapatra.com · Thu Jul 02 11:57:53 GMT 2026

सामाजिक सञ्जालमा खुसी देखिने चार जनाको परिवार, काठमाडौंमा घर, गाडी र स्थायी जागिर । श्रीमान् रेस्लर अनि युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा चर्चित व्यक्ति । तर, त्यो एक रातको एकै प्रहरले सबै बदलिदियो । दुई छोराले एकै रात आमा गुमाए । बुबा आमाको हत्या गरेर जेल पुगे ।
‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापामगर, जो आफूलाई सामाजिक सञ्जालहरूमा प्रोफेसनल रेस्लर भनेर चिनाउँथे । विभिन्न भिडियोमा देखिने उनी विशेषतः सामाजिक सञ्जालमा उट्पट्याङ हर्कतका कारण बढी चर्चामा आउँथे । कहिले क्यामेराकै अगाडि अन्य महिलासँग अपाच्य शैलीमा प्रस्तुत हुन्थे त कहिले चर्चामा आउन उट्पट्याङ देखाउँथे । जे होस्, उनले नेपाली समाजलाई आफ्ना हर्कतले हँसाइरहेका हुन्थे, जसमा सहयोगी बनेको थियो सामाजिक सञ्जाल ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)