निर्वाचन आचारसंहिता : सामाजिक सञ्जाल प्रयोग गर्दा यी कुरामा ध्यान दिऔँ
thahakhabar.com
आचारसंहिता कुन कुन पक्षले के के कुराको पालना गर्नुपर्ने भन्ने कुराहरू उल्लेख गरिएका छन्। निर्वाचन आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका प्रतिनिधि, स्थानीय कार्यपालिका र तिनका सदस्यहरू, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा तिनका कर्मचारी र सञ्चारकर्मी लगायतलाई तोकेरै आचारसंहिताको पालना गर्नुपर्ने भनिएको छ।
आचारसंहिताको उल्लंघन विभिन्न तरिकाले भएको हुन्छ। बढी उल्लंघन गर्न सहज र धेरै उल्लंघन हुने कार्यमा सामाजिक सञ्जालहरूको प्रयोग पर्ने गरेका छन्। सामाजिक सञ्जालमा हरेक व्यक्तिको सहज पहुँच भएका कारण आचारसंहिता पालना गर्नुपर्ने व्यक्तिले जानी नजानी सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिता उल्लंघन गर्ने गरेको पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)