मध्यपहाडी क्षेत्रका सडकको दुरवस्था तथा वन्यजन्तुको आतङ्कप्रति सांसद राईको आक्रोश
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुर लगायतका पहाडी जिल्लाका सडकहरूको दुरवस्थालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै आक्रोश पोखे।
सांसद राईले हिलाम्मे र भत्किएका सडकमा सवारीसाधनहरू डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत अलपत्र पर्ने गरेको दुःखद वास्तविकता संसद्मा सुनाए। सडककै कारण सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै उनले तत्काल सडक मर्मत तथा व्यवस्थापन गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)