कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
ratopati.com · Thu Jul 02 12:08:03 GMT 2026

पोखरा। कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पूरा गरी बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित एक कार्यक्रमका बिच यस्तो घोषणा गरिएको हो ।
यसअघि कास्कीका सबै पाँच वटै स्थानीय तहहरू क्रमशः पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषित भइसकेका छन् । पालिका सबै घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अभियानलाई सफल बनाउन भूमिका खेल्नेलाई धन्यवाद दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)