नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
ajakoartha.com · Thu Jul 02 12:14:00 GMT 2026

काठमाडौं- नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले (MBAN) अध्यक्ष डा.भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो । अध्यक्ष डा.भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)