पर्यटनमा पचास अर्बभन्दा बढी क्षति
gorkhapatraonline.com · Thu Sep 03 01:48:49 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन क्षेत्रमा रु. ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबारको बैठकमा भएको रसुवा बाढीका कारण पर्यटनक्षेत्रमा परेको प्रभावबारे छलफलमा उहाँले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र भविष्यमा पार्न सक्ने आर्थिक असरसमेतका आधारमा उक्त अनुमान गरिएको बताउनुभयो ।
मन्त्री पौडेलका अनुसार बाढीपहिरोबाट १४२ वटा होटेल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षति भएको छ । त्यस क्षेत्रका विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)