संज्यालको पारिश्रमिक विवादमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग
baahrakhari.com · Thu Sep 03 01:55:01 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य–सचिव विश्वामित्र संज्यालले आफूले पाउनुपर्ने पारिश्रमिक तथा सुविधा भुक्तानीको माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारसँग लिखित जवाफ माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुगानाको एकल इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)