प्राडा कोइराला सम्मानित
gorkhapatraonline.com · Thu Sep 03 01:56:56 GMT 2026

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा पराशर कोइराला सम्मानित हुनुभएको छ । वाणिज्य शिक्षाको विकास र विस्तारमा योगदान पुर्याएकोमा उहाँलाई बुधबार सम्मान गरिएको हो । उहाँ गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत हुनुहुन्छ ।
वाणिज्य शिक्षाका प्रणेता प्रा. ईश्वरीलाल श्रेष्ठको स्मृतिमा स्थापित प्रा. ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष वाणिज्य शिक्षाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । २०११ साल भदौ १७ गते प्रा. ईश्वरीलाल श्रेष्ठको अग्रसरतामा नेपालमा वाणिज्य शिक्षाको पठनपाठन सुरु भएको स्मरणमा प्रत्येक वर्ष आजका मितिमा वाणिज्य दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)