‘आर्ट फर रिलिफ’ अभियानको सुरुवात
gorkhapatraonline.com · Thu Sep 03 02:00:57 GMT 2026

दरबारमार्गस्थित ग्यालरी १०८ ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग गर्ने उद्देश्यले आह्वान गरेको ‘आर्ट फर रिलिफ’ (राहतका लागि कला) अभियानबाट दुई लाख ८६ हजार रुपियाँ सङ्कलन भएको छ ।
ग्यालरीले सोमबारदेखि आह्वान गरेको सो अभियानमा कलाकारले आआफ्ना सिर्जनासहित सहभागिता जनाएर उक्त रकम सङ्कलन गरेका हुन् । ग्यालरी १०८ का संस्थापक सुगतरत्न शाक्यले यस अभियानमा जोडिन इच्छा राख्ने कलाकारले बुधबारसम्ममा २८ वटा कलाकृति प्रदान गरेको र तीमध्ये ११ वटा बिक्री भएर दुई लाख ८६ हजार रुपियाँ जम्मा भएको जानकारी दिनुभयो । उहाँले अभियानमा अन्य कलाकारले पनि चासो देखाएर आआफ्नो कलाकृति दिने क्रममा रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)