बाढीपीडितको आत्मसम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह
nagariknews.nagariknetwork.com · Thu Sep 03 02:01:37 GMT 2026

समाज कल्याण परिषद्ले विपद् प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थासहित सम्बन्धित सबैलाई आग्रह गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। परिषद्को आह्वानपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्था परिचालन हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)