शर्माको निर्देशनमा रिट दर्ता रोकिएको कामु प्रधानन्यायाधीश मल्लको आरोप
ratopati.com · Mon May 18 07:32:32 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतकी कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेका रिट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोजकुमार शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको आदेशमा उल्लेख गरेकी छिन् ।
वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठी, अधिवक्ता डा.प्रेमराज सिलवाल र गीता थापाले संवैधानिक परिषद्को सिफारिसविरुद्ध दायर गर्न खोजेका रिटहरू प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । उक्त विषयमा कामु प्रधानन्यायाधीश मल्लले मुख्य रजिस्ट्रारको ध्यानाकर्षण गराउँदा ‘प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका न्यायाधीश डा मनोजकुमार शर्माको निर्देशनमा रिट रोकिएको’ आदेशमा उल्लेख गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)