कुन कुन सडक छन् अवरुद्ध?
himalpress.com · Thu Sep 03 02:18:36 GMT 2026

काठमाडौँ- बाढी र पहिरोले मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार राजधानी जोड्ने मुख्य नाकादेखि पहाडी जिल्लाका सडकहरूमा अवरोध देखिएको छ।
काठमाडौँ-धादिङ जोड्ने चन्द्रगिरी नगरपालिका २ चिसोपानीमा पहिरो खसेका कारण अहिले सडक एकतर्फी मात्र सञ्चालनमा छ। बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै १० टनसम्मका मालवाहक सवारी साधनलाई मात्र रात्रिकालीन समयमा चल्न दिइएको छ भने दिउँसोको समयमा परिस्थितिको विचार गरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)