मिस नेपाल नर्थ अमेरिकाको फिनाले आज न्यूयोर्कमा हुँदै
onlinekhabar.com · Sat Aug 03 17:48:59 UTC 2024

काठमाडौं । डायस्पोराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाले पनि आज विजेता पाउँदैछ । न्यूयोर्कको मेलरोज बलरुममा स्थानीय समयानुसार बेलुका ग्राण्ड फिनाले हुँदैछ ।
ड्रिम्स युनिभर्सलले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि १८ जना सुन्दरी भिड्दैछन् । आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार नेपालबाट अमेरिका पुगेका कलाकारको उपस्थितीमा फिनाले हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)