सडक र सञ्चार अभावले लाप्चा पर्यटन प्रभावित
gorkhapatraonline.com · Thu Jun 11 03:16:02 GMT 2026

नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको पर्यटकीय क्षेत्रका रूपमा परिचित लाप्चा पुग्न आवश्यक पूर्वाधारको अभाव देखिएको छ। लाप्चा क्षेत्रको प्रवेशद्वार मानिने सल्लीदेखि लाप्चासम्म सडकको ट्र्याक खुलेको दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। साथै, हालसम्म नेपाल टेलिकमको सञ्चार सेवा नपुग्दा पर्यटकको आवागमनमा समस्या भएको छ।
समुद्री सतहबाट पाँच हजार १३० मिटर उचाइमा रहेको लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न सकिन्छ। मानसरोवर–कैलाशको दूरदर्शन गर्ने मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेको बेला त्यहाँ पुग्न आवश्यक पूर्वाधारको अभाव खड्किएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो। उहाँ केही दिनअघि लाप्चा पुग्नुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)