चीनवाट दोस्रो डीएनए विशेषज्ञ टोली काठमाडौं आउँदै
rajdhanidaily.com · Thu Sep 03 02:48:52 GMT 2026

बेइजिङ । चीनले नेपालको आवश्यकतालाई ध्यानमा राखी आपतकालीन राहत सामग्रीको तेस्रो खेप तयार गरिरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्। गुओका अनुसार चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप मङ्गलबार दिउँसो नेपालको राजधानी काठमाडौँ आइपुगेको छ। सोही उडानमार्फत उद्धार तथा पहिचान कार्यमा नेपाली पक्षलाई सहयोग गर्न डीएनए (DNA) पहिचानसम्बन्धी पाँच जना विशेषज्ञहरू पनि आएका छन्।
गत अगस्ट २६ मा दुई देशको सीमावर्ती क्षेत्रमा गएको भीषण पहिरोले ठूलो क्षति पुर्याएपछि थप आपतकालीन सहायता र प्राविधिक सहयोग उपलब्ध गराएकोमा नेपाली पक्षले चीनप्रति आभार व्यक्त गरेको उनले बताए। नेपालको सीमावर्ती क्षेत्रमा उच्च पहाडी हिमनदी (ग्लेसियर) खस्दा उत्पन्न भएको यस विपद्का कारण दुवैतर्फ ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)