प्राध्यापकहरुलाई अनुन्धानात्मक कार्यमा लाग्न आग्रह
ajakoartha.com · Mon May 18 08:09:00 GMT 2026

काठमाडौं - विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा महेन्द्र बहुमुखी क्याम्पस दाङको अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा प्राध्यापकहरुका लागि सञ्चालित चार दिने गुणस्तरीय लेखनका लागि अनुसन्धान विधि तथा तथ्यांक विश्लेषण सम्बन्धी तालिम आजदेखि सुरु गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा सुधनकुमार पौडेलले शैक्षिक संस्थाहरुलाई अनुसन्धानका नमूना केन्द्रहरु बनाउनुपर्ने र त्यसका लागि प्राध्यापकहरुले अनुसन्धानात्मक गतिविधिहरु बढाउनुपर्ने बताएका छन् ।
प्राडा पौडेलले विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानमा लगानी बढाउँदै लगेकाले क्याम्पस तथा प्राध्यापकहरुले त्यसको भरपुर उपयोग गर्न सक्नुपर्ने बताए । उनले प्राध्यापकहरुले प्राध्यापनका साथै गहन अनुसन्धानात्मक लेख प्रकाशन गरी राज्यलाई नीति निर्माणमा समेत सहयोग गर्नुपर्ने र त्यसका लागि नैतिकतामा आधारित गहन अनुसन्धान गर्न तथा अनुसन्धानात्मक लेखहरु प्रकाशनमा जुट्न तालिममा सहभागी प्राध्यापकहरुलाई आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)