बजेट विवादले मधेश प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित
shilapatra.com · Thu Jul 02 13:31:46 GMT 2026

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर राजनीतिक दलहरूबीच उत्पन्न विवाद झन् गहिरिँदै गएको छ । बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी जसपा, जनमतसहितले लगातार दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बजेटमाथिको संसदीय प्रक्रिया अन्योलमा परेको छ ।
बिहीबार प्रदेशसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीका सांसदहरूले विरोध जनाउँदै नाराबाजी गरे । उनीहरूले बजेट संशोधन वा त्यससम्बन्धी निष्पक्ष छानबिनको माग पूरा नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)