आयु सकिएपछि फेरि झर्यो कृष्णभीर (तस्बिरहरू)
ratopati.com · Thu Sep 03 02:59:27 GMT 2026

धादिङ । त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध छ । कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चि नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।
कृष्णभीरको पहिरो नयाँ भने होइन । २०५५/५६ सालतिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख पाउनुपर्ने अवस्था थियो । २०५० को दशकको अन्तिमतिर कृष्णभीरमा पहिरो खसेर आवतजावत गर्नेले करिब दुई सातासम्म सास्ती खपेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)