कार्बन बेचेर नेपालले कमायो चार अर्ब १६ करोड
baahrakhari.com · Mon May 18 08:22:00 GMT 2026

काठमाडौं । नेपालले कार्बन बेचेर चार अर्ब १६ करोड रुपैयाँ कमाएको छ । नेपालले कार्बन व्यापारमार्फत चार अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको वैकल्पिक वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको हो ।
केन्द्रका अनुसार, घरायसी बायोग्यास, सुधारिएको पानीघट्ट, लघु तथा साना जलविद्युत्लगायत आठ आयोजना कार्बन बिक्रीका निम्ति दर्ता भइसकेका छन् । सन् २००७ देखि २०२५ सम्मको अवधिमा यी आयोजनामार्फत ६६ लाख ८८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरणको प्रमाणित भएको छ । यसबापत नेपालले हालसम्म कुल चार अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएकोे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)