बैंक तथा वित्तीय संस्थाले तोकेभन्दा बढी रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरे
baahrakhari.com · Tue Aug 03 12:07:00 GMT 2021
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो केन्द्रीय बैंकले तोकेकोभन्दा बढी हो ।
‘क’ वर्गका वाणिज्य बैंकहरूले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरूले १.५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरूले १.६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)