जोखिममा सुस्ताको झोलुङ्गे पुल
gorkhapatraonline.com · Thu Jun 11 04:04:25 GMT 2026

पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिका–५, सुस्तालाई जोड्ने देशकै लामो एक हजार ५७१ मिटर लम्बाइको पुलमा अहिले हिँडडुलसँगै साइकल, मोटरसाइकल ओहोरदोहोर भइरहेका छन् । त्यसले सुस्तावासीलाई निकै सहज भएको छ ।
सुस्तावासीलाई आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन नदी पार गर्न साढे दुई किलोमिटर जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाउँको विद्यालयमा कक्षा ८ भन्दामाथि पढाइ नहुने भएकाले बालबालिका जोखिमपूर्ण यात्रा गर्न नसकेका कारण कि बिचमै पढाइ छोड्ने कि भारत पलायन हुने गरेको समस्या समाधान भएको सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)