हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग भिड्ने
ratopati.com · Thu Sep 03 03:44:41 GMT 2026
काठमाडौँ । ‘हिट किक बक्सिङ – ५९ अन्तरराष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोल्र्ड मेन इभेन्ट)मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन् ।
‘हिमालयन चितुवा’ले हालसम्म हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गर्दै चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)