प्रधानाध्यापकलाई कुटपिट गर्नेमाथि कारवाहीको माग
gorkhapatraonline.com · Thu Sep 03 03:39:56 GMT 2026

सर्लाहीका शिक्षक सङ्घ, सङ्गठनले बलरास्थित एक विद्यालयका प्रधानाध्यापलाई अर्धनग्न पारेर निर्घात कुटपिट गर्नेविरुद्ध कारवाही गर्न माग गरेका छन् ।
सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–४, मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि गएको सोमबार दिउँसो विद्यार्थीसहितका व्यक्तिहरुले शरीरको कपडा च्यातच्यूत पारेर लछारपछार पारी कुटपिट गरेका थिए । प्रधानाध्यापक झाले छात्रालाई अशभ्य शब्द प्रयोग गरेको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)