पिकअप दुर्घटना हुँदा दुईको मृत्यु
himalpress.com · Thu Jun 11 04:34:41 GMT 2026

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो।
सवारी दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार र यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत इन्जिनियर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा बिहीबार बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)