छैनन् गोरखा जाने झोलुङ्गे पुल
gorkhapatraonline.com · Thu Sep 03 03:48:50 GMT 2026

त्रिशूली नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने तीन वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति पुगेको छ । रसुवाको भोटेकोशी हुँदै आएको बाढी त्रिशूलीमा मिसिएपछि नदीमा पानीको सतह र बहाब बढ्दा पुलमा ठुलो क्षति पुगेको हो ।
बाढीले गण्डकी गाउँपालिका–८, धौवादीघाट र धादिङको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुल बगेपछि स्थानीयवासीलाई नदी वारपार गर्न समस्या भएको छ । दैनिक आवतजावत, व्यापार तथा गाउँबाट बजारसम्मको पहुँचमा समेत यसको प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)