बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’
khabarhub.com · Thu Sep 03 03:48:51 GMT 2026

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर जानुपर्ने भयो, किनभने त्यहाँ मेरो घर सफा गर्ने काम भइरहेको छ। वास्तवमा अहिले बोल्ने शब्द पनि मसँग छैन।
जुन दिन म आफैँ पीडित भएँ, त्यो दिन मेरो सम्पत्ति सबै गयो। सम्पत्ति गयो, ठिकै छ, म फेरि उठ्न सक्छु, कमाउन सक्छु भन्ने लाग्छ। तर पत्रकारिता सुरु गरेदेखि अहिलेसम्म संकलन गरेका मेरा सबै डकुमेन्ट पनि बगे। त्यो सम्झिँदा चाहिँ मेरो मुटु भक्कानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)