राष्ट्रपति पौडेललाई राजीनामाको दबाब !
shilapatra.com · Thu Jul 02 14:24:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले १४ असार २०८३ मा अनपेक्षित रूपमा खुलासा गरे– ‘रास्वपा सरकार राष्ट्रपतिमाथि दबाब सिर्जना गरेर हटाउने खेलमा छ ।’
प्रचण्डले त्यस दिन त्यति मात्रै भनेनन्, ‘रास्वपा नेतृत्वको सरकारले सिर्जना गरेको दबाबकै कारण राष्ट्रपति धेरै दिन टिक्दैनन् भन्ने सुनेको’ पनि खुलासा गरे । त्यस क्रममा उनले दुईवटा कुरामा जोड दिएका छन् । एक, संविधान खारेज गर्ने कुरा । त्यो खासगरी रास्वपाको महाधिवेशनसँग जोडिएको छ । रास्वपाले वाचापत्रमा उल्लेख गरेजस्तै महाधिवेशनमा संविधान संशोधनका लागि पाँचवटा महत्त्वपूर्ण बुँदा उल्लेख गरेको छ । त्यसलाई प्रचण्डहरूको भाषामा चाहिँ संविधान खारेजीको प्रक्रिया हो । त्यसैले, त्यस दिन उनले भने, ‘संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबर्जस्ती दबाब भएको कुरा सुन्नमा आएको छ । कोहीकोहीले त मलाई भन्छन्– अब राष्ट्रपति टिक्दैनन्, केही दिन मात्रै हो पनि भन्छन् । छोड्नका लागि जबर्जस्ती दबाब छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)