लेदोले थुनिएको सुरुङमा उद्धार गर्ने प्रविधि विश्वमै छैन ? दृष्टान्त भन्छ–प्रधानमन्त्रीको दाबी कपोकल्पित
barnanmedia.com · Thu Sep 03 03:45:49 GMT 2026

काठमाडौँ । नेपालमा भदौ १० मा आएको विनाशकारी बाढी–पहिरोपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा ठुलो मात्रामा लेदो, ढुंगा र भग्नावशेष पसेका छन् । सयौँ कामदार सुरुङभित्र हराइरहेका वा थुनिएको आशङ्का गरिएको छ । उद्धार टोलीले सुरुङ खोल्न एक्स्काभेटर, नियन्त्रित विस्फोट, ड्रिलिङ, पाइपमार्फत अक्सिजन तथा क्यामेरा पठाउनेलगायतका उपाय प्रयोग गरिरहेका छन् ।
यही सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘लेदो भरेर थुनिएको सुरुङमा उद्धार गर्ने विशेषज्ञता र प्रविधि विश्वमै नभएको’ बताएका छन् । उनको भनाइको मूल आशय अहिले नेपालमा देखिएको जस्तो अत्यन्त जटिल परिस्थितिका लागि तयार र सजिलै प्रयोग गर्न सकिने कुनै एउटै ‘रेडीमेड’ प्रविधि विश्वमा नभएको हुन सक्छ । तर ‘विश्वमा यस्तो उद्धारको विशेषज्ञता वा प्रविधि नै छैन’ भन्ने उनको ‘कु’तर्क एकदमै भ्रामक र कपोकल्पित देखिन्छ । विश्वमा भएका केहि अभूतपूर्ण उद्धारका घटनाले स्वयम यस कुराको खण्डन गर्छन्:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)