नेपालसामु जितका लागि १ सय ४ रनको लक्ष्य
ratopati.com · Thu Sep 03 03:59:40 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १ सय ४ रनको लक्ष्य पाएको छ । बिहीबार मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाको सुरुवात राम्रो हुन सकेन । १४ रनमा टोलीले दुवै विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका अकिल वाहिद र स्याहदत रामलीले इनिङ्सलाई केही समय सम्हाल्न खोजेका थिए । तर, वाहिद २४ रन तथा रामली १३ रनमा आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)