रुसमाथि नयाँ प्रतिबन्धको तयारीमा ईयू
baahrakhari.com · Thu Sep 03 04:01:00 GMT 2026

काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा गरिएको ड्रोन आक्रमणको असफल प्रयासपछि युरोपेली संघ (ईयू)ले रुसमाथि नयाँ तथा थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
आयरल्यान्डमा आयोजित ईयूका विदेशमन्त्रीहरूको बैठकका क्रममा युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासले रुसको सैन्य–औद्योगिक क्षेत्रसँग जोडिएका थप एक हजार ६०० व्यक्ति तथा कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्न लागिएको जानकारी दिइन् । कालासले उक्त घटनालाई राज्य–प्रायोजित आतंकवादको संज्ञा दिँदै ब्रसेल्सस्थित रुसी राजदूतलाई स्पष्टीकरणका निम्ति बोलाइएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)