नेपाल प्रहरीले ८८१ थान भेप इलेक्ट्रोनिक चुरोट र नगदसहित पाँच जनालाई पक्राउ
barnanmedia.com · Thu Jul 02 14:39:26 GMT 2026

नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कागेश्वरी मनोहरा-९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका-५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)