घरेलु मैदानमा नेपालविरुद्ध १०३ रनमै अलआउट भयो मलेसिया
himalpress.com · Thu Sep 03 04:10:56 GMT 2026
काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले मलेसियालाई १०३ रनमै अलआउट गरेको छ। मलेसियाको घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले सबै विकेट गुमाएर १०४ रनको लक्ष्य दियो।
नेपालका लागि करण केसीले ४ विकेट लिए। ललित राजवंशीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह एरी र हेमन्त धामीले समान १-१ विकेट लिए। मलेसियाका लागि कप्तानसाइद अजिजले बनाएको ३० रन नै सर्वाधिक रह्यो। अकिल वाहिदले २४, विरानदीप सिंह १४ र महम्मद सिहायद १३ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। अबको केहीबेरमा नेपाल ब्याटिङमा आउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)