आङ सान सुकीको अवस्था अज्ञात
ratopati.com · Thu Jul 02 14:48:24 GMT 2026

म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखेको जनाएको भए पनि उनलाई वास्तवमा कहाँ राखिएको छ भन्ने विषय अझै रहस्यमै छ । सन् २०२१ को सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिएकी ८१ वर्षीया सुकीको ठेगाना सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दासमेतलाई थाहा नभएको बताइएको छ ।
सैनिक शासक मिन आङ ह्लाइङले अप्रिलमा सुकीलाई न्यापिडो जेलबाट नजरबन्दमा सारिएको घोषणा गर्दै त्यसलाई दयाको कदमका रूपमा प्रस्तुत गरेका थिए । तर आलोचकहरूले उनी अझै कडा निगरानीमा रहेको अज्ञात स्थानमा अलग्गै राखिएकाले यो निर्णय सुकीप्रतिको अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास मात्र भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)