बस दुर्घटनामा १६ जनाको मृत्यु, थुप्रै घाइते
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
केप टाउन । दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरी र यातायात अधिकारीले बताएका छन् । मृत्यु हुनेका केही बच्चाहरू पनि रहेको बताइएको छ।
सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)