कर्णाली प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो
baahrakhari.com · Thu Jul 02 14:49:57 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक शुक्रबारका लागि सारिएको छ । बिहीबार विपक्षीले विरोध जनाएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । सहमति नजुटेपछि बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ ।
बिहीबारको बैठकमा सभामुख नन्दा गुरुङले विपक्षी दलको असहमतिका बीच कार्यसूची अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दलहरू विरोधमा उत्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)