बाढीपीडितलाई राइट एण्ड एसोसिएट्सद्वारा ६ लाख रुपैयाँ सहयोग
ratopati.com · Thu Sep 03 04:16:32 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राइट एण्ड एसोसिएट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका प्रबन्ध निर्देशक परसुराम अधिकारीका अनुसार देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठुलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)