प्रधानमन्त्रीबाटै राज्यकोषको चरम दुरुपयोग : आफ्नो बचाउमा उभिएका एकै वकिललाई ६ लाख ७८ हजार 'भुक्तानी' !
ratopati.com
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बिहीबार बहस सकेका छन् ।
विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र सरकारी वकिलबाहेक ३२ जना वकिलले बहस गरे । प्रधानमन्त्रीका तर्फबाट बहस गर्न पूर्वराजाका महान्यायाधिवक्तादेखि राप्रपाका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ अधिवक्ता सर्वोच्चमा गए । जबकि सरकारको विपक्षमा परेको वा प्रधानमन्त्री नै विपक्षी रहेका मुद्दाहरुमा बहस गर्दै सरकारको बचाउ गर्नका लागि महान्यायाधिवक्तासहित सरकारी वकिल खटिएका हुन्छन् । उनीहरुलाई तलब र भत्ता राज्यको ढुकुटीबाट नै गएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)