पाँचथरको हिलिहाङको एउटै वडाका ६० घर पहिरोको जोखिममा
barnanmedia.com · Thu Jul 02 14:54:03 GMT 2026

अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।
पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ । उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)