उच्च अदालतको फैसलापछि पूर्वसांसद कोइरी पक्राउ
nepalviews.com · Thu Jul 02 15:06:52 GMT 2026

महोत्तरी । असई थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो ‘कोइरी’ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पन्चलाल गोलेका अनुसार उनलाई बिहीबार साँझ करिब ६ बजे महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।