मुलुकभर ३४ हजार दुई सय ६७ किमि सडक विस्तार
farakdhar.com · Sun Aug 04 17:32:46 UTC 2024

मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा आज विभागले यस्तो जानकारी दिएको हो ।
विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०–८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)