दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क बढ्यो, दोहोरो भुक्तानी भएमा रकम फिर्ता नहुने
nepalpress.com · Thu Jul 02 15:20:57 GMT 2026

काठमाडौँ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्कमा वृद्धि गरिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले प्रकाशित गरेको सूचनाअनुसार, यसअघि १० हजार ७ सय रुपैयाँ रहेको भिसा शुल्कमा ६ सय रुपैयाँ थप गरी अब ११ हजार ३ सय रुपैयाँ कायम गरिएको हो । कोरियाली राजदूतावासबाट प्राप्त पत्रका आधारमा उक्त शुल्क वृद्धि गरिएको छ ।
सीसीभिआई फारम भर्ने व्यक्तिले अब ११ हजार ३ सय रुपैयाँ तिर्नु पर्ने भएको छ । शुल्क जम्मा गरिसकेपछि सोको सक्कल भौचर सीसीभिआइ फारमका साथ अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विभागले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा सो रकम फिर्ता नहुने जानकारी समेत गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)